free website hit counter

सुदूरपश्चिमेली समाज जापान अध्यक्षमा ठगुन्ना

beemaadmin
२०७६ फाल्गुन १२, सोमबार

टोकियो । सुदुरपश्चिमेली नेपाली समाज जापानको अध्यक्षमा पदमसिंह ठगुन्ना निर्विरोध भएका छन् । आइतबार सम्पन्न छैठौं अधिवेशनले ठगुन्नालाई दुई बर्षे कार्यकालका लागि निर्विरोध गरिएको हो । समाजको उपाध्यक्षमा टक्कर कुँवर, चन्द्रराज जोशी र कृष्ण पाण्डे निर्विरोध भए भने महासचिबमा प्रकाशसिंह महरा चयन भएका छन् । सचिबमा बिमला साउद र कोषाध्यक्षमा कालु मेहता निर्विरोध निर्वाचित भएका छन् भने सदस्यहरुमा क्रमशः डिकेन्द्र कुँवर, अमित बिष्ट, दिवाकर जोशी र भरत कुँवर चयन भएका छन् । समाजको संरक्षकमा नृप बुढालाई चयन गरिएको छ भने सल्लाहकारहरुमा आशिष रावल, भरत नेगी, प्रकाश महरा, योगेन्द्र बोहरा, बिष्णु भट्ट र पूर्ण चलाउने चयन भएका छन् ।समाजको नवगठित कार्यसमितिका अध्यक्ष पदमसिंह ठगुन्नाले समाजले जापानका सबै नेपाली संघ–संस्थाहरुसंग हातेमालो गर्दै सामाजिक कार्यमा सक्रिय रहने प्रतिबध्दता ब्यक्त गरे ।
अन्तरराष्ट्रिय नेपाली सुदुरपश्चिमेली समाजका संरक्षक तथा सुप समाज जापानका पूर्व अध्यक्ष भरतसिंह नेगीको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा सुप समाज जापानका निवर्तमान अध्यक्ष एकेन्द्र थापा, पूर्व अध्यक्ष आशिष रावल, सल्लाहकार बिष्णु भट्ट, पूर्ण चलाउने र योगेन्द्र बोहरा लगायतले आ–आफ्नो धारणा राखेका थिए ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार