free website hit counter

सुदूरपश्चिम र कर्णाली प्रदेशमा पुरानै प्रदेश प्रमुख !

beemaadmin
२०७६ मंसिर १७, मंगलवार

काठमाडौं । आजको ठीक एक महिना अगाडि बसेको मन्त्रिपरिषद्को बैठकले सातवटै प्रदेशका प्रदेश प्रमुखलाई पदमुक्त गर्न राष्ट्रपतिसमक्ष सिफारिश गरेलगत्तै सोही दिन राष्ट्रपतिबाट सातवटै प्रदेशका प्रदेशप्रमुख पदमुक्त भएका थिए । त्यसको दुई दिनपछि बसेको मन्त्रिपरिषद्को बैठकले सातवटै प्रदेशमा नयाँ प्रदेशप्रमुख नियुक्त गरेको थियो ।

नियुक्ति भएको भोलिपल्ट सपथ लिएपछि प्रदेश प्रमुखहरु आ–आफ्नो प्रदेश मुकाममा रहेको कार्यालयमा पदबहाली गरेका थिए । तर एक बितिसक्दा पनि सूचना प्रविधिमा फड्को मारेको घोषणा सरकारले गरिरहेको बेला सुदूरपश्चिम र कर्णाली प्रदेश कार्यालयबाट सञ्चालित आधिकारीक वेवसाइटमा भने पुरानै प्रदेश प्रमुखले प्रदेशको नेतृत्व गरिरहेको देखिन्छ । सरकारको पछिल्लो निर्णयअनुसार सुदूरपश्चिम प्रदेशमा प्रदेश प्रमुख शोभा त्रिपाठी र कर्णाली प्रदेशमा गोविन्द कलौनी नियुक्त भएका छन् । तर ती कार्यालयको वेवसाइटमा भने सुदूरपश्चिममा पुरानै प्रदेश प्रमुख मोहनराज मल्ल र कर्णालीमा दुर्गाकेशर खनालकै तस्बिर र परिचय विद्यमान छ । कर्णाली प्रदेशको प्रदेशप्रमुख कार्यालयको वेभसाइटमा प्रदेश प्रमुखको स्वकीय सचिवालको पुरानै टिमको विवरण विद्यमान छ ।

विकास र पूर्वाधारका हिसावले पछाडि परेको भनिएका सुदूरपश्चिम र कर्णाली प्रदेशले आफ्नै प्रदेशका प्रमुखहरुको विवरण अध्यावधिक नगर्नुले प्रविधिका हिसावले पनि ती प्रदेश पछाडि परेको देखिन्छ । जबकि हरेक प्रदेश प्रमुखको कार्यालयमा निजामतीतर्फ सूचना प्रविधि अधिकृतको दरबन्दी छ भने सचिवालयमा पनि प्रविधि विज्ञ कर्मचारी राख्ने व्यवस्था छ । जनशक्ति र श्रोत हुँदाहुँदै पनि एक महिनादेखि वेवसाइड अपडेट नहुँदा कसैले त्यो साइडमा गएर हे¥यो भने उसले कसलाई प्रमुख मान्ला ? प्रदेश नं. १, २, ४ र ५ का प्रदेश प्रमुखको कार्यालयको वेवसाइट अद्यावधिक भएको देखिन्छ भने संघीय राजधानी समेत रहेको प्रदेश नं. ३ का प्रदेश प्रमुखको वेवसाइटमा नयाँ प्रदेश प्रमुख विष्णु प्रसाईको राखेर विवरणमा भने पुरानै प्रदेश प्रमुख अनुराधा कोइरालाको विवरण देखिन्छ ।

बौद्धिक र अनुभवी मानिएका प्रदेश नं. १ का सोमनाथ अधिकारी प्यासीले नेतृत्व गरेको प्रदेश प्रमुखको कार्यालयको वेवसाइडट अपडेट गरिएको भए पनि विवरणमा प्रदेश प्रमुखलाई सम्माननीय सम्बोधन गरिएको छ । जबकि राष्ट्रपतिसहित प्रधानन्यायाधीशसम्म ६ जना भीभीआईपी बाहेकलाई सम्माननीय सम्बोधन लगाइँदैन । प्रदेश प्रमुखलाई माननीय भनेर सम्बोधन गर्नुपर्ने ज्ञान पनि त्यस कार्यालयलाई नहुनु विडम्बना हो । प्रदेश प्रमुखको कार्यालयमा कामको अभाव भयो भन्दै कर्मचारीहरु जान नमानिरहेको अवस्थामा जम्मा एक थान वेवसाइट पनि अपडेट नहुनुलाई के भन्ने ?

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार