free website hit counter

सुनको भाउमा बन्याे नयाँ रेकर्ड

beemaadmin
२०८० चैत्र ८, बिहीबार

काठमाडौं । बिहीबार सुनको भाउमा नयाँ रेकर्ड कायम भएको छ। केहि दिन सुस्ताएको सुनको भाउ फेरि बढ्न थालेको छ। बिहीबार एकैदिन सुन तोलामा २ हजार ६०० रुपैयाँले बढेको हो। नेपाल सुनचाँदी व्यवसायी महासँघका अनुसार बिहीबार छापावाला सुन प्रतितोला १ लाख २७ हजार ८०० रुपैयाँमा खरिदबिक्री भइरहेको छ भने तेजाबी सुन प्रतितोला १ लाख २७ हजार २०० रुपैयाँमा खरिदबिक्री भइरहेको छ। बुधबार छापावाला सुन प्रतितोला १ लाख २५ हजार ५०० रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख २४ हजार ६०० रुपैयाँमा खरिदबिक्री भएको थियो। यसअघि फागुन २७ गते सुन सबैभन्दा उच्च मूल्य १ लाख २६ हजार रुपैयाँमा पुगेको थियो। बिहीबार सो रेकर्डलाई तोड्दै सुनको भाउले नयाँ रेकर्ड बनाएको हो। बिहीबार सुनसँगै चाँदीको भाउ पनि उच्च दरमा बढेको छ। बिहीबार चाँदीको भाउ तोलामा ३५ रुपैयाँले बढेर प्रतितोला १ हजार ५५५ रुपैयाँ पुगेको छ। बुधबार चाँदी प्रतितोला १ हजार ५२० रुपैयाँमा खरिदबिक्री भएको थियो। पछिल्लो समय अन्तराष्ट्रिय बजारमा सुनको भाउ लगातार बढ्दो क्रममा छ। नेपालमा पनि सुनको भाउ अन्तराष्ट्रिय बजारमा हुने घटबढ्को आधारमा नै निर्धारण हुन्छ यसले गर्दा नेपालमा पनि सुनको भाउ लगातार बढीरहेको छ।

सम्बन्धित समाचार

पाल्पा सिमेन्टको आईपीओ भयो बाँडफाँट

beemaadmin
२०८२ फाल्गुन २९, शुक्रबार

नेपाल पुनर्बीमाबाट युनाइटेड अजोड बाहिरिँदै

beemaadmin
२०८२ फाल्गुन २९, शुक्रबार

सक्रिय जीवन बीमालेख १४.५७ प्रतिशतले वृद्धि

beemaadmin
२०८२ फाल्गुन २९, शुक्रबार