free website hit counter

सुनको भाउमा भारी गिरावट

beemaadmin
२०८० श्रावण १२, शुक्रबार

काठमाडौं । ऐतिहासिक उचाइ नजिक पुगेको सुनको भाउ शुक्रबार भारी गिरावट भएको छ । साउन १२ गते सुन तोलामा ९०० रुपैयाँले सस्तिएको छ । चाँदीको भाउ पनि यस दिन प्रतितोला ४० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख १२ हजार ६०० रुपैयाँमा र तेजाबी सुन प्रतितोला एक लाख १२ हजार ५० रुपैयाँमा झरेको छ । बिहीबार भने सुनको भाउ महंगो भएको थियो । हिजो सुन तोलामा ८०० रुपैयाँले बढ्दा प्रतितोला एक लाख १३ हजार ५०० रुपैयाँ पुगेको थियो । साताको अन्तिम दिन, चाँदीको मूल्य तोलामा ४० रुपैयाँले ओरालो लागेको छ । आज चाँदी प्रतितोला एक हजार ४९० रुपैयाँमा खरिदबिक्री हुँदैछ । बिहीबार भने सुन प्रतितोला २५ रुपैयाँले सस्तिएर एक हजार ४९० रुपैयाँमा किनबेच भएको थियो ।

सम्बन्धित समाचार