free website hit counter

सुनको भाउ घट्यो

beemaadmin
२०७८ माघ २१, शुक्रबार

काठमाण्डौ । साताको अन्तिम कारोबार दिन शुक्रबार सुनको भाउ ओरालो लागेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा २०० रुपैयाँले घटेको छ। योसँगै प्रतितोला फाइन गोल्ड ९२ हजार ५०० रुपैयाँ र तेजाबी गोल्ड ९२ हजार रुपैयाँ कायम भएको छ।
हिजो सुनको भाउ तोलामा ५०० रुपैयाँले बढेको थियो। यो दिन प्रतितोला ९२ हजार ७०० रुपैयाँ र तेजाबी गोल्ड ९२ हजार २०० रुपैयाँमा किनबेच भएको थियो।आज चाँदीको भाउ पनि तोलामा ५ रुपैयाँले घटेर १ हजार २५० रुपैयाँ कायम भएको छ। हिजो भाउ स्थिर रहँदै चाँदी १ हजार २५५ रुपैयाँमा कारोबार भएको थियो।

सम्बन्धित समाचार

७ महिनामा साढे १२ खर्ब रेमिट्यान्स

beemaadmin
२०८२ फाल्गुन २८, बिहीबार

सेबोनको कारबाहीमा परे तीन ब्रोकर

beemaadmin
२०८२ फाल्गुन २७, बुधबार

नयाँ सरकार निर्माणको गृहकार्य प्रारम्भ

beemaadmin
२०८२ फाल्गुन २७, बुधबार