free website hit counter

सुनको भाउ ९९ हजार नाघ्यो

beemaadmin
२०७९ मंसिर १६, शुक्रबार

काठमाण्डौ । साताको अन्तिम कारोबार दिन शुक्रबार पनि सुनको बढेको छ। सुनको भाउ लगातार तेस्रो दिन उकालो लागेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा १ हजार रुपैयाँले बढेको छ। योसँगै प्रतितोला फाइन गोल्ड ९९ हजार १०० रुपैयाँ र तेजाबी गोल्ड ९८ हजार ६०० रुपैयाँ कायम भएको छ।
हिजो सुनको भाउ तोलामा ५०० रुपैयाँले बढेको थियो। यो दिन प्रतितोला फाइन गोल्ड ९८ हजार १०० रुपैयाँ र तेजाबी गोल्ड ९७ हजार ६०० रुपैयाँमा किनबेच भएको थियो। आज चाँदीको भाउ पनि तोलामा १५ रुपैयाँले बढेर १ हजार ३४५ रुपैयाँ कायम भएको छ। हिजो तोलामा ४० रुपैयाँले बढेर चाँदी १ हजार ३३० रुपैयाँमा किनबेच भएको थियो।

सम्बन्धित समाचार

अर्का मान्य पनि कालो सूचिमा

beemaadmin
२०८२ फाल्गुन २८, बिहीबार

७ महिनामा साढे १२ खर्ब रेमिट्यान्स

beemaadmin
२०८२ फाल्गुन २८, बिहीबार

सेबोनको कारबाहीमा परे तीन ब्रोकर

beemaadmin
२०८२ फाल्गुन २७, बुधबार