free website hit counter

सुनको मूल्यमा गिरावट, कतिमा हुँदैछ कारोबार ?

beemaadmin
२०८० भाद्र १९, मंगलवार

काठमाडौं । मंगलबार सुनचाँदीको मूल्य गिरावट भएको छ । भदौ १९ गते, सुन तोलामा ३०० रुपैयाँले सस्तिएको हो । चाँदीको मूल्य पनि यस दिन प्रतितोला २० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख १२ हजार ७०० रुपैयाँमा झरेको छ । यस्तै, तेजाबी सुन प्रतितोला एक लाख १२ हजार १५० रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार भने सुनको भाउ तोलामा ४०० रुपैयाँले बढेको थियो । हिजो सुन प्रतितोला एक लाख १३ हजार रुपैयाँ पुगेको थियो । मंगलबार चाँदीको भाउ पनि अ‍ोरालो लागेको महासंघले जनाएको छ । आज चाँदी तोलामा २० रुपैयाँले घट्दा प्रतितोला एक हजार ४४५ रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन, चाँदी तोलामा पाँच रुपैयाँले बढेर प्रतितोला एक हजार ४६५ रुपैयाँमा खरिदबिक्री भएको थियो ।

सम्बन्धित समाचार

बालेनको मत ३९ हजार नाघ्यो

beemaadmin
२०८२ फाल्गुन २३, शनिबार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार