free website hit counter

सुनको मूल्यमा फेरि नयाँ रेकर्ड

beemaadmin
२०८१ भाद्र २, आईतवार

काठमाडौं । भदौ २ गते, आईतबार सुनको मूल्य ऐतिहासिक उचाईमा पुगेको छ । यसदिन सुन प्रतितोला तीन हजार रुपैयाँले बढेर ऐतिहासिक उचाईमा पुगेको हो । नेपाल सुनचाँदी व्यवसायी महासँघका अनुसार आज छापावाला सुन प्रतितोला एक लाख ५२ हजार ६०० रुपैयाँमा खरिद बिक्री भईरहको छ । गत शुक्रबार छापावाला सुन प्रतितोला एक लाख ४९ हजार ६०० रुपैयाँमा खरिदबिक्री भएको थियो। गत साउन २९ गते मंगलबार छापावाला सुन प्रतितोला एक लाख ५० हजार ८०० रुपैयाँ थियो । उक्त सुनको मूल्यको उचाईलाई आज कायम मूल्यले ब्रेक गरेको हो । आज चाँदीको मूल्य पनि बढेको छ । यसदिन चाँदीको मूल्य तोलामा ५० रुपैयाँले बढेको हो । आज चाँदीको मूल्य प्रतितोला एक हजार ८१० रुपैयाँमा खरिदबिक्री भईरहेको छ । शुक्रबार चाँदी प्रतितोला एक हजार ७६० रुपैयाँमा खरिदबिक्री भएको थियो।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार