free website hit counter

सुनको मूल्यमा भारि गिरावट

beemaadmin
२०८२ मंसिर २, मंगलवार

काठमाडौं । मंसिर २ गते, मंगलबार नेपाली बजारमा सुन र चाँदीको मूल्यमा भारि गिरावट भएको छ । यस दिन सुन प्रतितोला तीन हजार ८०० रुपैयाँले र चाँदी ६५ रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन सुन प्रतितोला २ लाख ३९ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन अर्थात सोमबारको बजारमा प्रतितोला २ लाख ४३ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो । त्यसैगरी, चाँदीको मूल्य तोलामा ६५ रुपैयाँ घटेको छ । आजको बजारमा चाँदी प्रतितोला ३ हजार ९० रुपैयाँमा कारोबार भइरहेको छ । सोमबारको बजारमा ३ हजार १५५ रुपैयाँमा कारोबार भएको थियो ।

सम्बन्धित समाचार