काठमाडौं । फागुन ४ गते, आइतबार, नेपाली बजारमा सुनको मूल्य उच्च घटेको छ। यस दिन छापावाल सुनको मूल्य प्रतितोला २ हजार ७०० रुपैयाँ घटेको हो।
अघिल्लो कारोबार दिन अर्थात गत शुक्रबार तोलाको १ लाख ७० हजार २०० रुपैयाँमा कारोबार भएको छापावाल सुन, यस दिन १ लाख ६७ हजार ०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी संघले जनाएको छ। यस दिन चाँदीको मूल्य पनि घटेको छ। गत शुक्रबार प्रतितोला १ हजार ९७० रुपैयाँमा कारोबार भएको चाँदी, यस दिन १५ रुपैयाँ घटेर १ हजार ९५५ रुपैयाँमा कारोबार भइरहेको छ।