free website hit counter

सुनको मूल्यमा भारी वृद्धि, तोलामा ९ हजार ३०० रुपैयाँले बढ्यो

beemaadmin
२०८३ भाद्र ४, बिहीबार

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्यमा भारी वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य प्रतितोला ९ हजार ३०० रुपैयाँले बढेर ३ लाख १३ हजार ४०० रुपैयाँ पुगेको छ।

अघिल्लो कारोबार दिन बुधबार छापावाल सुन प्रतितोला ३ लाख ४ हजार १०० रुपैयाँमा कारोबार भएको थियो। आजको वृद्धिसँगै सुनको मूल्य पुनः उच्च स्तरमा पुगेको हो।

Advertisement
Advertisement

यसैगरी, चाँदीको मूल्यमा पनि उल्लेख्य वृद्धि भएको छ। महासंघका अनुसार चाँदी प्रतितोला २६० रुपैयाँले बढेर ४ हजार ८५५ रुपैयाँ पुगेको छ। बुधबार चाँदी प्रतितोला ४ हजार ५९५ रुपैयाँमा कारोबार भएको थियो।

Advertisement
Advertisement

अन्तर्राष्ट्रिय बजारमा समेत बहुमूल्य धातुको मूल्य उच्च रहेको छ। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज एक औँस सुन ४ हजार ५१२ अमेरिकी डलर तथा चाँदी ६७ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

यससँगै नेपाली बजारमा सुनचाँदीको मूल्यमा एकैदिन भएको उल्लेख्य वृद्धिले उपभोक्ता तथा व्यवसायी दुवै प्रभावित भएका छन्।

सम्बन्धित समाचार