free website hit counter

सुनको मूल्यले बनायो नयाँ रेकर्ड

beemaadmin
२०८१ आश्विन ३०, बुधबार

काठमाडौं । असोज ३० गते, बुधबार, नेपाली बजारमा सुन र चाँदीको बढेको छ । यस दिन सुनको मूल्य प्रतितोला एक हजार ३०० रुपैयाँ बढेको छ भने चाँदीको मूल्य तोलामा २५ रुपैयाँले बढेको छ । नेपाल सुन चाँदी व्यवसायी महसंघका अनुसार आज छापावाला सुन प्रतितोला एक लाख ६१ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ । सुनको यो मूल्य हालस्ममकै उच्च हो।यसअघि असोज १८ गते सुनको मूल्यले रेकर्ड बनाएको थियो । सो दिन छापावाला सुन प्रतितोला एक लाख ६१ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, यस दिन चाँदी प्रतितोला २५ रुपैयाँले बढेर एक हजार ९५० रुपैयाँमा कारोबार भईरहेको छ । मंगलबारको बजारमा चाँदी तोलाको एक हजार ९२५ रुपैयाँमा कारोबार भएको थियो।

सम्बन्धित समाचार

सुनको मूल्यमा भारी गिरावट

beemaadmin
२०८३ जेष्ठ १, शुक्रबार

सलिकोको नाफा १३ करोड ३२ लाखमा सीमित

beemaadmin
२०८३ बैशाख ३१, बिहीबार