free website hit counter

सुनको मूल्य किन यति धेरै आकाशियो ?

beemaadmin
२०८२ बैशाख ६, शनिबार

काठमाडौं । एक लाख ५० हजार पुग्दा यति धेरै मूल्य भनिएको सुन एक दुई महिना नपुग्दै झण्डै दुई लाख वरिपरि पुगिसकेको छ । दिनदिनै मूल्यमा रेकर्ड कायम गर्दै अघि बढेको सुनको मूल्यमा कतिबेला ब्रेक लाग्छ थाहा छैन ? साताको पहिलो दिन आइतबार सुनको मूल्य प्रतितोला १ लाख ८६ हजार रुपैयाँ पुगेको थियो। जुन सो समयसम्मको उच्च मूल्य थियो। सोमबार नयाँ वर्षको सार्वजनिक बिदा पछि मंगलबार खुलेको बजारमा सुन तोलामा १ हजार ७०० रुपैयाँ घटेर १ लाख ८४ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो। सोपश्चातका दुई दिन अर्थात बुधबार र बिहीबार, सुनको मूल्य क्रमशः १ लाख ८७ हजार र १ लाख ९० हजार ६०० रुपैयाँ पुग्दै नयाँ रेकर्डहरु बनायो। साताको अन्तिम कारोबार दिन भने सुनको मूल्य घटेर प्रतितोला १ लाख ८९ हजार ८०० रुपैयाँमा कारोबार भयो। अन्तरराष्ट्रिय बजारमा भूराजनीतिक तनावले गर्दा बढिरहेको सुनको मूल्यमा पछिल्लो पटक अमेरिकी राष्ट्रपति ट्रम्पले चीनलाई लगाएको आयात शुल्क २४५ प्रतिशत पुर्याएका साथै चीनले समेत रेयर अर्थात मिनरल्सको निर्यातलाई रोकेपछि अमेरिका चीनबीचको व्यापार युद्ध चर्किने विश्लेषण भएकोले अन्तरराष्ट्रिय बजारमा सुनको मूल्यमा वृद्धि भएको विश्लेषकहरुको भनाइ छ। साताभरको उतारचढावपछि चाँदीको मूल्य भने यस साता स्थिर रहेको छ। आइतबार प्रतितोला १ हजार ९६० रुपैयाँमा कारोबार भएको चाँदी, शुक्रबार पनि सोही मूल्यमा कारोबार भएको थियो।

सम्बन्धित समाचार