free website hit counter

सुनको मूल्य घट्यो

beemaadmin
२०८२ श्रावण ९, शुक्रबार

काठमाडौं । साउन ९ गते शुक्रबार, नेपाली बजारमा सुनको मूल्य घटेको छ । यसदिन सुन प्रतितोला ५०० रुपैयाँले घटेको छ भने चाँदीको मूल्य तोलामा ५ रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी संघकाअनुसार, यस दिन छापावाल सुन प्रतितोला एक लाख ९४ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबारको बजारमा सुन प्रतितोला एक लाख ९५ हजार २०० रुपैयाँमा कारोबार भएको थियो। पछिल्ला दुई दिनदेखि सुनको मूल्य निरन्तर घटेको छ । यस दिन चाँदीको मूल्य भने तोलामा ५ रुपैयाँ बढेको छ । आज अर्थात शुक्रबारको बजारमा चाँदी प्रतितोला दुई हजार ३४० रुपैयाँ खरिदबिक्री भइरहेको छ । बिहीबारको बजारमा चाँदी प्रतितोला दुई हजार ३३५ रुपैयाँमा कारोबार भएको थियो ।

सम्बन्धित समाचार

सुनको मूल्यमा भारी गिरावट

beemaadmin
२०८३ जेष्ठ १, शुक्रबार

सलिकोको नाफा १३ करोड ३२ लाखमा सीमित

beemaadmin
२०८३ बैशाख ३१, बिहीबार