free website hit counter

सुनको मूल्य तोलामा ११ हजार ७ सय रुपैयाँले घट्यो

beemaadmin
२०८३ कार्तिक ९, आईतवार

काठमाडौँ । नेपाली बजारमा आइतबार सुनचाँदीको मूल्यमा उल्लेख्य गिरावट आएको छ। सुनको मूल्य एकैदिन प्रतितोला ११ हजार ७ सय रुपैयाँ घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला २ लाख ७८ हजार ५ सय रुपैयाँ कायम भएको छ। यसअघि कात्तिक २ गते सोमबार सुनको मूल्य प्रतितोला २ लाख ९० हजार २ सय रुपैयाँ पुगेको थियो। दसैँ बिदाका कारण त्यसयता सुनको नयाँ मूल्य सार्वजनिक भएको थिएन।

Advertisement
Advertisement

सुनसँगै चाँदीको मूल्यमा पनि गिरावट आएको छ। आइतबार चाँदीको मूल्य प्रतितोला २३० रुपैयाँ घटेर ३ हजार ९ सय ५५ रुपैयाँ कायम भएको छ। गत सोमबार चाँदीको मूल्य प्रतितोला ४ हजार १८५ रुपैयाँ थियो।

Advertisement
Advertisement

यसअघि गत माघ १५ गते सुनको मूल्य प्रतितोला २० हजार ५ सय रुपैयाँले बढेर ३ लाख ३९ हजार ३ सय रुपैयाँ पुगेको थियो। नेपाली बजारमा सुनको यो मूल्य हालसम्मकै उच्च हो।

त्यस्तै, गत माघ १५ गते चाँदीको मूल्य प्रतितोला ७ हजार ५०५ रुपैयाँ पुगेको थियो। यो पनि नेपाली बजारमा चाँदीको हालसम्मकै उच्च मूल्य हो। त्यसको तीन दिनपछि, माघ १८ गते चाँदीको मूल्य प्रतितोला १ हजार ५६५ रुपैयाँले घटेको थियो, जुन हालसम्मकै ठूलो एकदिने गिरावटका रूपमा उल्लेख गरिएको छ।

सम्बन्धित समाचार