free website hit counter

सुनको मूल्य बढेको बढ्यै

beemaadmin
२०८१ चैत्र २२, शनिबार

काठमाडौं । यस साता नेपाली बजारमा सुनको मूल्यले ऐतिहासिक रेकर्ड बनाएको छ। गत बिहीबार अर्थात चैत २१ गते, छापावाल सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेर ऐतिहासिक रेकर्ड बनाएको हो। सो दिन नेपाली बजारमा सुन प्रतितोला १ लाख ८० हजार ३०० रुपैयाँमा कारोबार भएको थियो। अमेरिकी राष्ट्रपति ट्रम्पले अमेरिकामा आयात हुने वस्तुमा आयात कर लगाएसँगै अन्तरराष्ट्रिय बजारमा सुनको मूल्य वृद्धि भई नेपाली बजारमा पनि त्यसको असर परेको विश्लेषकहरुको भनाइ छ। बिहीबार एैतिहासक उचाईमा पुगेको सुनको मूल्यमा शुक्रबार भने भारि गिरावट भएको छ। सो दिन सुन तोलामा ३ हजार ९०० रुपैयाँ घटेर १ लाख ७६ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो। आइतबारको तुलनामा शुक्रबारको मूल्य ४०० रुपैयाँ कम हो। यस साता चाँदीको मूल्य पनि केही घटेको छ। साताको पहिलो दिन आइतबार प्रतितोला २ हजार २५ रुपैयाँमा कारोबार भएको चाँदी, साताको पछिल्लो कारोबार भएको दिन शुक्रबार प्रतितोला १ हजार ८७० रुपैयाँमा कारोबार भएको थियो।

सम्बन्धित समाचार