free website hit counter

सुनको मूल्य बढ्यो, प्रतितोला कति ?

beemaadmin
२०८२ भाद्र ६, शुक्रबार

काठमाण्डौ । स्थानिय बजारमा आज सुनको मूल्य बढेको छ । अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य ४ सय रुपैयाँले महङ्गिएको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १ लाख ९५ हजार २ सय रुपैयाँ कायम भएको छ । अघिल्लो दिन सुनको कारोबार प्रतितोला १ लाख ९४ हजार ८ सय रुपैयाँमा भएको थियो । उक्त दिन सुनको मूल्य १३ सय रुपैयाँले बढेको थियो । यस्तै आज चाँदीको मूल्य पनि बढेको छ । चाँदीको मूल्य आज २० रुपैयाँले बढ्दै प्रतितोला २ हजार ३१० रुपैयाँ कायम भएको छ ।

सम्बन्धित समाचार