free website hit counter

सुनको मूल्य हालसम्मकै उच्च

beemaadmin
२०८१ चैत्र १४, शुक्रबार

काठमाण्डौ । आज घरेलु बजारमा सुनको मूल्य नयाँ उचाईमा पुगेको छ । आज सुनको मूल्य प्रतितोला १४ सय रुपैयाँले बढ्दै हालसम्मकै उच्च कायम भएको हो । यो वृद्धिसँगै सुनको मूल्य प्रतितोला १ लाख ७६ हजार २ सय रुपैयाँ कायम भएको छ । यसअघि गत चैत ६ गते ससुनको मूल्यले रेकर्ड बनाएको थियो । त्यसदिन सुनको मूल्य ८ सय रुपैयाँले बढ्दै प्रतितोला १ लाख ७६ हजार रुपैयाँ कायम भएको थियो । यस्तै आज चाँदीको मूल्य पनि बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार चाँदीको मूल्य २० रुपैयाँले बढ्दै प्रतितोला २ हजार ४० रुपैयाँ कायम भएको छ ।

सम्बन्धित समाचार

गभर्नरका तीन प्रतिस्पर्धी मैदानमा

beemaadmin
२०८१ चैत्र १४, शुक्रबार

३९ अंकले बढ्यो सेयर बजार

beemaadmin
२०८१ चैत्र १२, बुधबार