free website hit counter

सुनको मूल्य हालसम्मकै उच्च

beemaadmin
२०८१ चैत्र १५, शुक्रबार

काठमाण्डौ । आज घरेलु बजारमा सुनको मूल्य नयाँ उचाईमा पुगेको छ । आज सुनको मूल्य प्रतितोला १४ सय रुपैयाँले बढ्दै हालसम्मकै उच्च कायम भएको हो । यो वृद्धिसँगै सुनको मूल्य प्रतितोला १ लाख ७६ हजार २ सय रुपैयाँ कायम भएको छ । यसअघि गत चैत ६ गते ससुनको मूल्यले रेकर्ड बनाएको थियो । त्यसदिन सुनको मूल्य ८ सय रुपैयाँले बढ्दै प्रतितोला १ लाख ७६ हजार रुपैयाँ कायम भएको थियो । यस्तै आज चाँदीको मूल्य पनि बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार चाँदीको मूल्य २० रुपैयाँले बढ्दै प्रतितोला २ हजार ४० रुपैयाँ कायम भएको छ ।

सम्बन्धित समाचार

मौन अवधिमा समातिए दुई उम्मेदवार

beemaadmin
२०८२ फाल्गुन २०, बुधबार

सुनको मूल्य बढ्यो

beemaadmin
२०८२ फाल्गुन १९, मंगलवार

स्वाभिमान लघुवित्तको लाभांश घोषणा

beemaadmin
२०८२ फाल्गुन १७, आईतवार

फेरि उकालो लाग्दैछ सुन

beemaadmin
२०८२ फाल्गुन १६, शनिबार