काठमाडौं । साताको कारोबारको पहिलो दिन आइतबार सुनचाँदीको मूल्य घटेको छ । सुनको मूल्य प्रतितोला ३ हजार १ सय रुपैयाँ र चाँदीको मूल्य प्रतितोला ४० रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ३ लाख ४ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन सुन प्रतितोला ३ लाख ७ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, चाँदीको मूल्य पनि प्रतितोला ४० रुपैयाँले घटेर ४ हजार ७ सय २५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।
यसअघि सुनको मूल्य गत माघ १५ गते हालसम्मकै उच्च विन्दुमा पुगेको थियो । उक्त दिन सुन प्रतितोला ३ लाख ३९ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो । सोही दिन चाँदीको मूल्य पनि हालसम्मकै उच्च ७ हजार ५ सय ५ रुपैयाँ पुगेको थियो ।