free website hit counter

सुनको मूल्य ४ सय बढ्यो

beemaadmin
२०८० फाल्गुन ९, बुधबार

काठमाडौं । बुधबार सुनको मूल्य तोलामा ४ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन तोलामा १ लाख १८ हजार रुपैयाँमा सुनको कारोबार भएकोमा आज १ लाख १८ हजार ४ सय रुपैयाँ पुगेको छ । सुनको मूल्य विगत केही दिनदेखि नै बढिरहेको छ । गत बिहीबार १ लाख १६ हजार ५ सय रुपैयाँमा सुनको कारोबार भएको थियो । शुक्रबार १ लाख १७ हजार १ सय, आइतबार १ लाख १७ हजार ६ सय, सोमबार र मंगलबार १ लाख १८ हजार रुपैयाँमा सुनको कारोबार भएको थियो । त्यस्तै चाँदीको मूल्य पनि बुधबार तोलामा ५ रुपैयाँ बढेर १ हजार ४१५ रुपैयाँ पुगेको छ ।

सम्बन्धित समाचार