free website hit counter

सुनचाँदीको मूल्य बढ्यो

beemaadmin
२०८२ चैत्र २७, शुक्रबार

काठमाडौं । चैत २७ गते, शुक्रबार नेपाली बजारमा सुनचाँदी दुवैको मूल्य बढेको छ। यस दिन सुन प्रतितोला दुई हजार २०० रुपैयाँ र चाँदी तोलामा ८५ रुपैयाँले बढेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला दुई लाख ९६ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ। बिहीबारको बजारमा सुनको मूल्य दुई लाख ९४ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो। त्यस्तै, यस दिन बजारमा चाँदी प्रतितोला चार हजार ९६० रुपैयाँमा खरिदबिक्री भइरहेको छ। बिहीबारको बजारमा चाँदी प्रतितोला चार हजार ८७५ रुपैयाँमा खरिदबिक्री भएको थियो ।

सम्बन्धित समाचार

सुनको मूल्यमा भारी गिरावट

beemaadmin
२०८३ जेष्ठ १, शुक्रबार

सलिकोको नाफा १३ करोड ३२ लाखमा सीमित

beemaadmin
२०८३ बैशाख ३१, बिहीबार