free website hit counter

सुनचाँदी व्यवसायी महासंघले पायो नयाँ नेतृत्व

beemaadmin
२०७७ पुष २७, सोमबार

काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघको नयाँ नेतृत्वमा माणिकरत्न शाक्य निर्वाचित भएका छन्। महासंघको आइतबार सम्पन्न आठौँ वार्षिक साधारणसभा एवं तेस्रो महाअधिवेशनबाट शाक्य अध्यक्षमा निर्वाचित भएका हुन्।

साधारणसभाबाट वरिष्ठ उपाध्यक्षमा अर्जुन रसाइली निर्वाचित भएका छन्। यस्तै उपाध्यक्षहरुमा क्रमशः मोहनकाजी शाक्य, दियेशरत्न शाक्य र विपिन रामुदामु निर्वाचित भएका छन्। एसोसिएटस उपाध्यक्षमा पवन सोमानी, महासचिवमा धर्मसुन्दर बज्राचार्य, कोषाध्यक्षमा सुदीप श्रेष्ठ, सचिवद्वयमा किरणभाइ बज्राचार्य र बाबुराम विश्वकर्मा निर्वाचित र प्रवक्तामा मनोजकुमार शाह तथा सहकोषध्यक्षमा पद्मसुन्दर शाक्य निर्वाचित भएका छन्।

Advertisement
Advertisement

शुक्रबार शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले साधारणसभा उद्घाटन गरेका थिए। नेपाल सुनचाँदी व्यवसायी महासंघ २०६९ साल फागुन २० गते विधिवत् रूपमा दर्ता भएको नेपालभरिका सुनचाँदी व्यवसायीको छाता संगठन हो। मुलुकको सङ्घीय संरचनाअनुरुप सातै प्रदेशमा प्रदेश महासंघका अतिरिक्त देशभरका विभिन्न ६५ वटा जिल्ला नगर सङ्घका साथै एसोसिएट सदस्य तथा वस्तुगत सङ्घ महासंघसँग आबद्ध छन्।

Advertisement
Advertisement

सम्बन्धित समाचार