free website hit counter

सुनले आज पनि बनायो रेकर्ड, ताेलाकै यति धेरै ?

beemaadmin
२०७७ श्रावण ८, बिहीबार

काठमाडौं । दिनदिनै रेकडै ब्रेक गर्दै बढेको सुनको भाउले हिजोको रेकर्ड आज ब्रेक गर्दै अघि बढेको छ । बिहीबार सुनको भाउ तोलामा ५०० रुपैयाँले बढेर हालसम्मकै उच्च विन्दुमा पुगेको छ। नेपाल सुनचाँदी व्यवसायी महासँघले बिहीबार छापावाला सुनको भाउ प्रतितोला ९४ हजार ५०० रुपैयाँ र तेजाबी सुनको भाउ प्रतितोला ९४ हजार ६५ रुपैयाँ कायम गरेको छ। यो नेपाली बजारमा हालसम्मकै उच्च भाउ हो। कोरोनाको कारण लगानीका क्षेत्रहरु अस्थिर हुँदा सुनमा लगानी बढेकोले अन्तराष्ट्रिय क्षेत्रमा सुनको भाउ बढ्दै गएको सुनचाँदी व्यवसायी तेज रत्न शाक्य बताउंछन्। अन्तराष्ट्रिय बजारमा सुनको भाउ बढ्दै गएकाले नेपाली बजारमा पनि सुनको भाउ बढ्दै गएको उनले बताए। सुनको भाउ अझै बढ्न सक्ने शाक्य बताउँछन्।
अन्तराष्ट्रिय क्षेत्रका विज्ञहरुले पनि सन् २०२० को अन्त्यसम्ममा सुनको भाउ २ हजार डलर पुग्न सक्ने प्रक्षेपण गर्दै आएका छन्। अन्तराष्ट्रिय बजारमा सुनको भाउ २ हजार डलर पुगेमा नेपाली बजारमा प्रतितोला सुनको भाउ एक लाख रुपैयाँ भन्दा माथि पुग्नेछ।

सम्बन्धित समाचार

मौन अवधिमा समातिए दुई उम्मेदवार

beemaadmin
२०८२ फाल्गुन २०, बुधबार

सुनको मूल्य बढ्यो

beemaadmin
२०८२ फाल्गुन १९, मंगलवार

स्वाभिमान लघुवित्तको लाभांश घोषणा

beemaadmin
२०८२ फाल्गुन १७, आईतवार

फेरि उकालो लाग्दैछ सुन

beemaadmin
२०८२ फाल्गुन १६, शनिबार