free website hit counter

सुनिल पौडेलविरुद्ध २३ करोडको बिगो दाबीसहित मुद्दा दायर

beemaadmin
२०८१ बैशाख १०, सोमबार

काठमाडौं । नेपाल टेलिकमका निलम्बित प्रबन्ध निर्देशक सुनिल पौडेलविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । यसअघि गैरकानूनी सम्पत्ति आर्जनको आरोपमा पक्राउ परेका पौडेलविरुद्ध आयोगले आइतबार मुद्दा दायर गरेको हो । आयोगले २३ करोड ७५ लाख ४६ हजार ३२४ रुपैयाँ मागदावी गर्दै मुद्दा दायर गरेको हो । उनको बैध आम्दानी १ करोड १९ लाख २४ हजार ८४६ देखिएको थियो । तर उनको खर्च र लगानी २४ करोड ९४ लाख ७१ हजार १७१ रुपैँया देखिएको छ । यसरी २३ करोड ७५ लाख ४६ हजार ३२४ रुपैयाँको पौडेलको आयको स्रोत नखुलेको अख्तियारले जानकारी दिएको छ । यसअघि अख्तियारले उनलाई माघ १० गते पक्राउ गरेको थियो । आम्दानीको तुलनामा उनको आर्जन धेरै बढि देखिएको भन्दै अख्तियारले अकूत सम्पत्ति कमाएको निष्कर्ष निकालेको हो । यसैगरी, सेक्युरिटी प्रिन्टिङ प्रेसका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेलविरुद्ध पनि आयोगले आज मुद्दा दर्ता गरेको छ । अमेरिकाको पीआर लिएर झुटो विवरण उपलब्ध गराएको तथा कानुन विपरित सार्वजनिक पदमा बसेको उनीमाथि आरोप रहेको छ। गैरकानूनी सम्पत्ति आर्जनको अभियोगमा उनलाई माघ १० गते नै पक्राउ गरेको थियो ।

सम्बन्धित समाचार