free website hit counter

सुन काण्डमा फेरि जालझेल

beemaadmin
२०७७ श्रावण १५, बिहीबार

काठमाडौं। सुन काण्डमा प्रहरी कतिसम्म फसेको हुन्छ भन्ने कुरा यसअघिकोक चर्चित ३३ किलो सुन काण्डले स्पष्ट पारिसकेको छ । अहिले अर्को सुन काण्डमा पनि प्रहरीले जालझेल शुरु गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौले सुन बरामद भएको घटनास्थल परिवर्तन गरेको छ । महानगरीय अपराध महाशाखाले गरेको छानवीनबाट सुन्धरामा बरामद भएको पहेँलो धातुलाई कमलादी देखाइएको पाइएको प्रहरी स्रोतले जनाएको छ। क्लोज सर्किट सिसी टिभीको अध्ययन गर्दा सामान बरामद भएको स्थान सुन्धरा देखिएको छ।

गत मंगलबार कमलादीबाट काठमाडौँ प्रहरीले बरामद गरेको साढे १४ केजी चाँदी, आधाकेजी सुन र २ थान पेस्तोलको अनुसन्धान गर्ने क्रममा तीन जना पक्राउ परेका छन्। महानगरीय प्रहरी अपराध महाशाखको टोलीले बुधबार राति नवलपरासीको दुम्कीवासबाट उनीहरुलाई पक्राउ गरेर आज विहान काठमाडौ ल्याइएको छ। दरबारमार्गका डीएसपी दाहाल नेतृत्वको टोलीले चेकजाँच गर्न खोज्दा बा ६ च ५५१९ नम्बरको सिल्भर कलरको स्कार्पियो भागेको प्रहरीले दावी गरेको थियो सो स्कार्पियोमा चालक बाहेक तीनजना सवार रहेको पनि प्रहरीको दावी छ।

 

दरबारमार्ग वृतका डीएसपी रन्जन दाहाल नेतृवत्को टोलीले गरेको सो अप्रेशको अत्यन्त फितलो भएको भन्दै महानगरीय प्रहरी कार्यालय रानीपोखरीले महानगरीय प्रहरी अपराध अनुन्धान महाशाखालाई छानवीन गर्ने जिम्मा दिएको थियो। महाशखाका प्रमुख एसएसपी दीपक थापाको नेतृत्वमा छानवीन समिति बनेको छ। स्कार्पियो छाडेर काठमाडौँबाट भागेका तीनजनालाई महानगरीय अपराध महाशाखाले जिप्रका नवलपरासी पूर्वको समन्वयमा दुम्कीबासबाट पक्राउ गरिसकेको छ। उनीहरुलाई बिहिबार विहान काठमाडौँ ल्याइएको स्रोतले दावी गरेको छ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार