काठमाडौं — नेपाली बजारमा मंगलबार सुन र चाँदी दुवैको मूल्य घटेको छ। असोज १३ गते सुन प्रतितोला ३ हजार ८०० रुपैयाँ र चाँदी प्रतितोला ११५ रुपैयाँले घटेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुन प्रतितोला २ लाख ९४ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ। सोमबार पनि सुनको मूल्य प्रतितोला २ लाख ९४ हजार ३०० रुपैयाँ नै थियो।
त्यस्तै, मंगलबार चाँदीको मूल्य प्रतितोला ४ हजार ३९५ रुपैयाँ कायम भएको छ। सोमबार चाँदी प्रतितोला ४ हजार ५१० रुपैयाँमा कारोबार भएको थियो।
पछिल्ला केही दिनयता नेपाली बजारमा सुन तथा चाँदीको मूल्य घट्ने क्रम देखिएको छ।