free website hit counter

सुन फेरि उच्च बिन्दू नजिक

beemaadmin
२०७९ चैत्र २१, मंगलवार

काठमाडौँ । नेपाली बजारमा सुनको भाउ पुनः एक लाख ९ हजार रुपैयाँको विन्दुमा पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला सुन तोलामा एक हजार रुपैयाँले बढ्दै एक लाख ९ हजार रुपैयाँ पुगेको हो । अघिल्लो दिन छापावाला सुन प्रतितोला एक लाख ८ हजार रुपैयाँमा कारोबार भएको थियो । यस्तै आज तेजाबी सुनको मूल्य समेत तोलामा एक हजार रुपैयाँले नै बढ्दै एक लाख ८ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । यता चाँदीको मूल्य भने अघिल्लो दिनको मूल्यमा १० रुपैयाँले बढ्दै प्रतितोला एक हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार