काठमाडौं । घट्न भन्दा पनि बढ्नमै बल गरिरहेको सुनको मूल्य साताको पहिलो दिन एक सय रुपैयाँले बढेको छ । बैशाख १९ गते, आइतबार छापावाला सुनको भाउ तोलामा एक सय रुपैयाँले बढेर ९० हजार रुपैयाँ कारोबार मूल्य कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । शुक्रबार तोलामा नौ सय रुपैयाँले घटेर छापावाला सुन ८९ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो । महासंघले आजका लागि तेजावी सुनको भाउ ८९ हजार पाँच सय रुपैयाँ तोकेको छ । आज चाँदीको भाउमा कुनै घटबढ भएको छैन। शुक्रबार एक हजार २९५ रुपैयाँमा कारोबार भएको चाँदीको भाउ आज पनि उस्तै छ ।