काठमाडौं । नेपाली बजारमा साताको दोस्रो कारोबार दिन सोमबार सुन र चाँदी दुवैको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला २ हजार ८०० रुपैयाँ र चाँदीको मूल्य प्रतितोला १०० रुपैयाँले घटेको हो।
महासंघका अनुसार सोमबार छापावाल सुन प्रतितोला २ लाख ८५ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ। आइतबार यही सुन प्रतितोला २ लाख ८८ हजार रुपैयाँमा कारोबार भएको थियो।
यस्तै, चाँदीको मूल्य पनि घटेर प्रतितोला ४ हजार ३७५ रुपैयाँ कायम भएको छ। अघिल्लो दिन चाँदी प्रतितोला ४ हजार ४७५ रुपैयाँमा कारोबार भएको थियो।