free website hit counter

सुपर मादी हाइड्रोपावरले माघ ९ बाट आईपीओ बिक्री खुला गर्ने

beemaadmin
२०७९ पुष २८, बिहीबार

काठमाण्डौ । सुपर मादी हाइड्रोपावर लिमिटेडले आउँदो माघ ९ गतेबाट सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गर्ने भएको छ। कम्पनीले जारी पुँजी २ अर्ब १० करोड रुपैयाँको १० प्रतिशतले हुन आउने २१ करोड रुपैयाँको आईपीओ बिक्री गर्न लागेको हो। जसअनुसार कम्पनीले १०० अंकित दरका कुल २१ लाख कित्तामध्ये वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि १० प्रतिशतले हुन आउने २ लाख १० हजार कित्रा बिक्री गरिसकेको भने ५ प्रतिशतले हुन आउने १ लाख ५ हजार कित्ता सामूहिक लगानी कोष र २ प्रतिशतले हुन आउने ४२ हजार कित्ता कर्मचारीका लागि सुरक्षित गरिएको छ। बाँकी १७ लाख ४३ हजार कित्तामा सर्वसाधारणले खरिद आवेदन दिन पाउनेछन्। लगानीकर्ताले न्यूनतम १० कित्ताले अधिकतममा ५० हजार कित्तासम्म खरिद आवेदन दिन पाउनेछन्। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डको अनुमति प्राप्त सी–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनले तोकेका शाखा कार्यालय तथा सीडीएससीको मेरो सेयरबाट खरिद आवेदन दिन सक्नेछन्। यो आईपीओको निष्कासन बन्द छिटोमा माघ १२ गते र ढिलोमा माघ २३ गते हुनेछ। सुपर मादी हाइड्रोपावरको आईपीओ बिक्री प्रबन्धकमा सानिमा क्यापिटल रहेको छ।

सम्बन्धित समाचार

अर्का मान्य पनि कालो सूचिमा

beemaadmin
२०८२ फाल्गुन २८, बिहीबार

७ महिनामा साढे १२ खर्ब रेमिट्यान्स

beemaadmin
२०८२ फाल्गुन २८, बिहीबार

सेबोनको कारबाहीमा परे तीन ब्रोकर

beemaadmin
२०८२ फाल्गुन २७, बुधबार