free website hit counter

सुमार्गीमाथि थप सम्पत्ति शुद्धीकरण अनुसन्धान नगर्न सर्वोच्चको अन्तरिम आदेश

beemaadmin
२०८३ असार २३, मंगलवार

काठमाडौँ । सर्वोच्च अदालतले व्यवसायी अजय सुमार्गी पराजुलीमाथि सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा थप अनुसन्धान नगर्न अन्तरिम आदेश जारी गरेको छ।

न्यायाधीश बालकृष्ण ढकालको एकल इजलासले सुमार्गीले दायर गरेको रिट निवेदनमाथि प्रारम्भिक सुनुवाइ गर्दै अन्तिम फैसला नआउँदासम्म उनीविरुद्ध थप अनुसन्धान तथा कारबाही अघि नबढाउन आदेश दिएको हो।

अदालतले सार्वजनिक गरेको लिखित आदेशमा भनिएको छ, “प्रस्तुत निवेदनको अन्तिम किनारा नलागेसम्म यस अदालतबाट भएको अन्तिम आदेशविपरीत हुने गरी निवेदकका विरुद्धमा कुनै कारबाही नगर्नु, नगराउनु।”

सुमार्गीले एउटै विषयमा पटक–पटक अनुसन्धान गरिएको दाबी गर्दै थप अनुसन्धान रोक्न मागसहित सर्वोच्च अदालतमा रिट दायर गरेका थिए।

यसअघि, करिब दुई साताअघि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले सुमार्गीको राहदानी (पासपोर्ट) रोक्का गर्ने निर्णय गरेको थियो। सोही निर्णयलाई चुनौती दिँदै उनी सर्वोच्च अदालत पुगेका थिए।

सम्बन्धित समाचार