free website hit counter

सुरक्षा उपकरण खोज्दै स्वास्थ्यकर्मी आन्दोलित

beemaadmin
२०७६ चैत्र १७, सोमबार

धरान । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका स्वास्थ्यकर्मी आन्दोलित भएका छन् । कोरोना भाइरस संक्रमणको उपचारमा खटिँदा प्रतिष्ठानले आवश्यक सुरक्षाका वस्तुहरु उपलव्ध नगराएको भन्दै उनीहरु आक्रोशित भएका हुन् । पीपीई लगायतका आवश्यक सामाग्रीहरु उपलव्ध नगराएको भन्दै उनीहरु आक्रोशित भएका हुन् । कोरोना संक्रमणको आशंका गरिएकाहरुको उपचारमा अग्रपंक्तिमा रहने नर्स तथा कर्मचारीहरुलाई अति आवश्यक पीपीई अर्थात पर्सनल प्रोटेक्टिभ इक्युमेन्ट उपलब्ध नगराउँदा आफ्नो तथा परीवारकै स्वास्थ्य जोखिममा परेको स्टाफ नर्सहरुले बताएका छन् ।
आइतबार प्रतिष्ठानका कार्यवाहक उपकुलपतिलाई अत्यावश्यक सुरक्षा सामग्री उपलब्ध गराउन माग गर्दै उनीहरुले आफुहरु सामान्य मास्क लगाएर काम गरिरहेको बताएका छन् । प्रतिष्ठानका नर्सहरुले प्रतिष्ठानसमक्ष चाँडोभन्दा चाँडो पीपीई उपलब्ध गराउन माग गरेका छन् । उनीहरुले आफ्नो तथा परीवारको समेत स्वास्थ्य विमाको माग गरेका छन् ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार