काठमाडौं । योगदानमा आधारित सामाजिक सुरक्षा कोषलाई व्यवहारिक बनाउन नेपाल उद्योग वाणिज्य महासंघले सरकारसँग माग गरेको छ । महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले व्यवहारिक कठिनाईका कारण सो कोषमा आवद्ध हुने रोजगारदाताहरुमा समेत उत्साह नदेखिएको उहाँको दावी छ ।
काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै विश्व बैंकले सार्वजनिक गरेको प्रतिवेदनमा नेपालको व्यवसायिक वातावरणको सूचकाँकमा आएको सुधारले बाह्य लगानी भित्र्याउन उत्साह भरेको उल्लेख गर्दै साना तथा मझौंला उद्योग संचालनका लागि उत्साह भर्न आवश्यक कानुन निर्माण गर्न पनि सरकारको ध्यानाकर्षण गराए ।
कार्यक्रममा प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका सचिव शिशिरकुमार ढुंगानाले निजी क्षेत्रका व्यवसायीहरुले सरकारको नीति, नियमसँग अपडेट नभएको गुनासो गर्नुभयो । चार वर्षअघि निर्माण गरिएका कानुनको विषयमा पनि निजी क्षेत्रले जानकारी नलिएको उहाँले बताउनुभयो ।