free website hit counter

सुविधायुक्त नयाँ ट्याक्सीको दर्ता खुल्दै

beemaadmin
२०७६ मंसिर २, सोमबार

काठमाडौं । पर्यटन वर्षलाई लक्षित गरी सरकारले नयाँ ट्याक्सी दर्ता खोल्ने तयारी गरेको छ । सुविधायुक्त ट्याक्सी थप्ने उद्देश्यले यस्तो तयारी भएको बताइएको छ । नजिकिँदो भ्रमण वर्ष २०२० लाई लक्षित गरी यात्रुलाई सुविधायुक्त सवारीसाधन आवश्यक भएको भन्दै नयाँ ट्याक्सी दर्ता खुलाउन लागिएको यातायात व्यवस्था विभागले जनाएको छ । अब थपिने ट्याक्सी पहिलेको जस्तो सानो क्षमताको नहुने र ठूला सीसीका सुविधायुक्त हुने बताइएको छ ।
ट्याक्सीको दर्ता नियमितरूपमा खुलाउनेभन्दा पनि केही समयका लागि खुलाइने बताइएको छ । सरकारले लामो समयदेखि ट्याक्सीको दर्ता बन्द गरेकामा भूकम्पीडितलाई राहत दिने भन्दै विसं २०७२ भूकम्पीडित जिल्लावासीका लागि ट्याक्सीको दर्ता खुलाएको थियो । अहिले सडकमा रहेका ट्याक्सीमध्ये अधिकांश ८०० सीसीका छन् । सिट पनि साँघुरो र कम क्षमताको हुँदा यात्रुलाई असहज रहेको छ ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार