free website hit counter

सुशान्तकी गर्लफ्रेण्डमाथि यस्ता छन् गम्भीर आरोप

beemaadmin
२०७७ श्रावण १४, बुधबार

मुम्बइ। बलिउड अभिनेता सुशान्त सिंह राजपुतका पिता केके सिंहले पटनाको राजीवनगर थानामा एक एफआइआर दर्ता गराएका छन् । सुशान्तका पिताले आफूलाई मुम्बइ पुलिसको अनुसन्धानमाथि भरोसा नभएको भन्दै पटनामा उजुरी दर्ता गरेको बताएका छन् । यो एफआइआरमा सुशान्तका पिताले छोराकी गर्लफ्रेण्ड रिया चक्रवर्तीमाथि १० गम्भीर आरोप लगाएका छन् । उनले एफआइआरमा लगाएका आरोपहरु यस्ता छन् –

१. सुशान्त फिल्ममा काम गर्न छोडेर केरल जान चाहन्थे । त्यहाँ गएर अर्गानिक खेती गर्न चाहन्थे । तर, रियाले लगातार सुशान्तलाई जान दिइनन् । रियाले सुशान्तलाई उनीसँग शिफ्ट हुन नसक्ने बताएकी थिइन् ।

Advertisement
Advertisement

२. सुशान्तका पिताका अनुसार जब सुशान्त यो कुरामा राजी भएनन् । सुशान्त राजी नभएपछि रियाले सुशान्तको सबै गरगहना, पैसा, क्रेडिट कार्ड, जरुरी कागजात, ल्यापटप र मेडिकल रिपोर्टहरु लिएर आफ्नो घर गइन् । त्यहाँ गएर उनले सुशान्तको नम्बर ब्लक गरिदिइन् ।

Advertisement
Advertisement

३. सुशान्तले आफ्नी बहिनीलाई फोन गरेर भनेका थिए कि रियाले सबै कागजातहरु लिएर गइन् अनि धम्की दिइरहेकी छिन् कि यी सबै कागजातहरु मिडियाअगाडि राखेर सुशान्त पागल हो भनिदिन्छु । त्यसपछि कसैले पनि सुशान्तसँग काम गर्ने छैन ।

४. २०१९ मा रियासँग भेट्नुपूर्व सुशान्त पूर्ण रुपमा सामान्य थिए । रियासँग भेटेको केही महिनामै यस्तो के बदलियो कि उनी मानसिक रोगी भए रु सुशान्त मानसिक रोगी हुनुको कारण के थियो रु यसको जाँच हुनुपर्छ ।

५. सुशान्त सिंह राजपुतलाई यदि मानसिक समस्याहरु भइरहेका थिए भने उनको परिवारलाई किन सूचित गरिएन रु जबकि यो कुराको जानकारी सबैभन्दा पहिले उनको परिवारलाई दिइनुपर्थ्यो ।

६. रियाले सुशान्तलाई आफ्नो घर लिएर गइन् र उपचारको क्रममा कैयौं पटक उनलाई ओभरडोज दिइयो । रियाले सबैलाई यो भनेकी थिइन् कि सुशान्तलाई डेंगु भएको छ ।

७. रियाले सुशान्तलाई कुनै पनि फिल्म साइन गर्न दिइरहेकी थिइनन् । कुनै पनि प्रस्ताव आएमा रियाले सुशान्तलाई यो शर्त राख्न दबाब दिन्थिन् कि उनी फिल्म त्यतिबेला मात्र गर्नेछन् जब रिया फिल्ममा मुख्य अभिनेत्री हुनेछिन् ।

८. सुशान्तका सबैभन्दा विश्वासिला र पुराना स्टाफ रियाले फेरिदिएकी थिइन् र आफ्ना परिचितहरुलाई राखेकी थिइन् ताकि सुशान्तका हरेक गतिविधि सूक्ष्म तरिकाले निगरानी गर्न सकियोस् ।

९. डिसेम्बर २०१९ मा रियाले जबरजस्ती सुशान्तको नम्बर फेरिदिइन् ताकि सुशान्तले आफ्नो परिवार र आफ्ना नजिकका व्यक्तिहरुसँग कुरा गर्न नसकुन् । रियाले सुशान्तलाई पटना गएर आफ्ना परिवारसँग भेट्न पनि प्रतिबन्ध लगाएकी थिइन् ।

१०. २०१९ मा सुशान्तको खातामा १७ करोड रुपैयाँ थियो तर त्यसपछि केही महिनामै उनको खाताबाट १५ करोड रुपैयाँ निकालियो । यी पैसा ती खातामा पठाइयो जुन खातासँग सुशान्तको कुनै लेनदेन थिएन । यो कुराको जाँच गरिनुपर्छ कि रिया र उनको परिवारको खातामा कति पैसा र कहाँबाट आएका छन् ।

सम्बन्धित समाचार