free website hit counter

सुशान्तको आत्महत्याले क–कसलाई सतायो ?

beemaadmin
२०७७ असार ११, बिहीबार

मुम्बइ। अभिनेता सुशान्त सिंह राजपुतको आत्महत्याले बलिउडमा तहल्का मच्चाएको छ । कोरोनाले चलचित्र उद्योग बन्द रहेको बेला यो बहसले उग्र रुप धारण गरिसकेको छ । सुशान्तको आत्महत्यापछि सुरु भएको परिवारवादको बहसले अहिले पूरै बलिउड फिल्म उद्योगमा भुइँचालो ल्याएको छ । सामाजिक संजालमा ठूला प्रोडक्सन हाउस र स्टारकिड्समाथि धावा बोल्ने सिलसिला सुरु भएपछि अहिले ठूला सेलिब्रेटीहरुको सामाजिक संजालमा भागाभाग भएको छ । उनीहरुको पोस्टमा कमेन्ट गरेर आरोपको ओइरो लाग्न थालेपछि उनीहरुले सामाजिक संजालमा आलोचना थाम्न नसकेर भाग्न थालेका हुन् । सुशान्तको आत्महत्यामा स्टारकिड्स र ठूला प्रोडक्सन हाउसको हात रहेको आरोप लाग्न थालेपछि नेपोटिज्मको आडमा बलिउडमा स्थान बनाएका सेलिब्रेटीहरु कोही सामाजिक संजाल छाडेर भाग्न थालेका छन् भने कोहीले कमेन्ट सेक्सन नै लक गरेका छन् । यस्तो गर्नेमा अधिकांश करण जौहर क्याम्पका छन् । करण जौहरमाथि स्टारकिड्सलाई मात्रै अघि बढाएको आरोप लाग्दै आएको छ । करण जौहर स्वयंले पनि कमेन्ट सेक्सन लक गरेका छन् ।पछिल्लो समय कमेन्ट सेक्सन लक गर्नेहरुमा आलिया भट्ट, करिना कपूर, सोनम कपूर, सोनाक्षी सिन्हा, अनन्या पांडे र सुहाना खान छन् । यी सबै स्टारकिड हुन् । आलिया निर्देशक तथा निर्माता महेश भट्टकी छोरी हुन् । करिना कपूर अभिनेता, निर्माता तथा निर्देशक रणधीर कपूरकी छोरी हुन् । सोनम कपूर स्टार अभिनेता अनिल कपूरकी छोरी हुन् । सोनाक्षी अभिनेता शत्रुघ्न सिन्हाकी छोरी हुन् । अनन्या अभिनेता चंकी पाण्डेकी छोरी हुन् भने सुहाना सुपरस्टार शाहरुख खानकी छोरी हुन् । अहिले यिनीहरुको पोस्टमा क्लोज फ्रेण्डले मात्र कमेन्ट गर्न सक्छन् । १४ जूनमा सुशान्तले आत्महत्या गरेपछि कंगना रनोटले सिधै करण जौहरलाई यसको लागि जिम्मेवार ठहर गर्दै उनीमाथि नेपोटिज्मलाई बढावा दिएको आरोप लगाइन् । त्यसपछि शेखर कपूर, अनुभव कश्यप, अभय देओल, कोएना मित्रा, रवीना टंडन लगायतका सेलिब्रेटहिरु पनि यस विषयमा अगाडि आए । सामाजिक संजालमा यिनीहरुले ठूलो समर्थन पाए । करण जौहर, आदित्य चोपडा, एकता कपूर, संजय लीला भंसाली, सलमान खान, साजिद नाडियावाला लगायतलाई नेपोटिज्म र खेमेबाजीको लागि जिम्मेवार ठहर्याइयो र स्टारकिड्सलाई पनि निशाना बनाउन थालियो । विवाद बढ्न थालेपछि करण जौहरले ट्वीटरमा अमिताभ बच्चन, अक्षय कुमार, शाहरुख खान, नरेन्द्र मोदी र अन्य ४ अफिसका सदयलाई छाडेर अरु सबैलाई अनफलो गरे । त्यसपछि ट्वीटर डिलिट गर्ने सिलसिला सुरु भयो । ट्वीटर डिलिट गर्ने सिलसिला सलमान खानको क्याम्पबाट सुरु भयो । सोनाक्षी सिन्हाले ट्वीटर डिलिट गरेपछि सलमानकै क्याम्पका आयुष शर्मा, साकिब सलिम र जहीर इकबालले पनि ट्वीटर डिलिट गरे । यही क्याम्पका निर्माता मुदस्सर अजीजले त ट्वीटर र इन्स्टाग्राम दुवै डिलिट गरे ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार