free website hit counter

सुशान्तको हत्या, त्यो पनि घाँटी थिचेर ?

beemaadmin
२०७७ आश्विन ११, आईतवार

मुम्बइ। बलिउड अभिनेता सुशान्त सिंह राजपुतले आत्महत्या गरेको नभइ उनको घाँटी थिचेर हत्या गरिएको सुशान्तको परिवारका वकिल विकास सिंहले दावी गरेका छन् । उनले अल इण्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्स (एम्स) अस्पतालका एक डाक्टरको हवाला दिँदै सुशान्तको हत्या घाँटी थिचेरै भएको दावी गरेका हुन् । उनका अनुसार उनलाई जानकारी दिने डाक्टर एम्समा सुशान्तको मृत्युबारे जाँच गर्ने मेडिकल टिमका सदस्य हुन् ।
विकास सिंहले ट्वीट गरेका छन् ‘सीबीआइद्वारा सुशान्त केसलाई आत्महत्याको लागि उक्साएकोबाट परिवर्तन गरेर हत्याको केसमा बदल्न भयरहेको ढिलाइले अब फ्रस्टेसन हुन लागेको छ । एम्सको टिमका सदस्य रहेका ती डाक्टरले मलाई धेरै पहिले भनेमका थिए कि मैले पठाएका फोटोहरुले बताउँछन् कि यो २०० प्रतिशत घाँटी थिचेर मारेको घटना हो, आत्महत्या होइन ।’
उता एम्सका फरेन्सिक प्रमुख सुधीर गुप्ताले भने जाँच पूरा नभएको टिप्पणी गरेका छन् । उनले विकास सिंहको बयानलाई पूरै खण्डन भने गरेनन् । एक भारतीय मिडियासँग कुरा गर्दै गुप्ताले भने ‘जाँच अझै चलिरहेको छ । उहाँले जे भनिरहनुभएको छ त्यो ठिक होइन । हामी केवल घाँटीको चिन्ह र क्राइम सिन देखेर यो नतिजामा पुग्न सक्दैनौं कि यो हत्या हो वा आत्महत्या । यसमा अझै जाँच गर्नु आवश्यक छ जो चलिरहेको छ । अहिलेसम्म कुनै नतिजा निकालिएको छैन ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार