free website hit counter

सूचना विभागको महानिर्देशकमा शर्मा

beemaadmin
२०७७ श्रावण १३, मंगलवार

काठमाडौँ । केही दिनअघि मात्रै सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा सरुवा भएका सहसचिव किरणराज शर्मालाई सूचना तथा प्रसारण विभागको महानिर्देशकको जिम्मेवारी दिइएको छ ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सोमबार वरिष्ठ सहसचिव शर्मालाई विभागको महानिर्देशकको जिम्मेवारी दिएको हो । गण्डकी प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयको सचिव रहेका शर्माको केही दिन अघि मात्रै मन्त्रालयमा सरुवा भएको थियो ।

यस अघि संघीय मामिला तथा सामान्य प्रशासन, वन मन्त्रालय र लोक सेवा आयोग लगायतमा काम गरी सकेका शर्मा प्रशासन क्षेत्रमा विवादरहित व्यवसायीक प्रशासकका रूपमा चिनिन्छन् ।

सम्बन्धित समाचार