free website hit counter

सूचीकृत संस्थाहरुलाई धितोपत्र बोर्डको निर्देशन

beemaadmin
२०८० श्रावण १२, शुक्रबार

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले सम्पूर्ण सूचीकृत संगठित संस्थाहरुलाई सूचना, जानकारी र विवरणहरु समयमै पेश गर्न निर्देशन दिएको छ । धितोपत्र सम्बन्धी कानूनमा उल्लेख भएका सूचना, जानकारी र विवरणहरु समयमा पेश नगरे कारबाही र जरिवाना गरिने सेबोनका निर्देशक अम्बिका ओझा गुप्ताद्वारा आज प्रकाशित निर्देशनमा उल्लेख छ । धितोपत्र दर्ता तथा निष्काशन नियमावली २०७३ अको अनुसूची १४ मा उल्लेखित विवरणहरु त्रैमासिक अवधि समाप्त भएको ३० दिन भित्र र वार्षिक प्रतिवेदन प्रत्येक आर्थिक वर्ष समाप्त भएको ५ महिना भित्र सेबोनमा पेश गर्न र सार्वजनिक गर्न निर्देशन दिइएको हो । सम्पूर्ण सूचीकृत संगठित संस्थाहरुलाई आज ४ बुँदे निर्देशन दिएको सेबोनका निर्देशक गुप्ताले उल्लेख गरिन् ।

सम्बन्धित समाचार