free website hit counter

सूर्यज्योतिको एमडिआरटी मिट २०२३ भव्य सम्पन्न

beemaadmin
२०७९ चैत्र १९, आईतवार

काठमाडौं । नयाँ फड्को मार्ने उद्देश्यका साथ एक भएकाे सूर्यज्योति लाइफ इन्स्योरेन्सले एमडिआरटी मिट २०२३ धुलिखेलमा भव्यताका साथ सम्पन्न गरेको छ । उक्त कार्यक्रममा एमडिआरटी २०२३ का लागि मनोनित सम्पुर्ण एमडिआरटीहरुलाई सम्मान गर्नुका साथै सिओटी हुन सफल गौरब कुमार शाही र टिओटी कमल प्रसाद घिमिरेलाई विशेष सम्मान गर्दै टिओटी कमल प्रसाद घिमिरेलाई रोयल इन्फिल्ड मोटरसाईकल कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रकाश विक्रम खत्रीले हस्तान्तरण गरेका हुन् । कम्पनीका प्रमुख कार्यकारी अधिकृत, वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृतहरुले उक्त कार्यक्रममा सिओटी टिओटी तथा एमडिआरटी हरुलाई सम्मान गर्नुका साथै उत्प्रेरणात्मक तालिम प्रदान गरेका थिए । सोहि कार्यक्रममा उपस्थित सम्पुर्ण व्यक्तित्वहरुले एकसाथ कम्पनीको २०८० सालको क्यालेन्डर अनावरण गरेका थिए । उक्त क्यालेन्डरमा देशका विभिन्न स्थानहरुबाट सूर्यज्योति झल्किने मनमोहक तस्बिरहरु समावेश गरिएको छ ।
यस कार्यक्रमले आगामी वर्षहरुमा एमडिआरटी संख्या अझ बृद्धि गर्ने हौसला मिलेको कुरा सिओटी गौरव कुमार शाहीले जानकारी गराए । सोही कार्यक्रममा टिओटी कमल प्रसाद घिमिरले अभिकर्ता पेशालाई मर्यादित बनाउन अहोरात्र आफु खटिने जानकारी गराए । कार्यक्रममा वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत पवन कुमार खड्काले सदैव लक्ष्य उच्च राखेमा अवश्य सफलता हासिल गर्न सकिन्छ भन्ने सन्देश कार्यक्रममा व्यक्त गरेका थिए । त्यस्तै, प्रमुख कार्यकारी अधिकृत प्रकाश विक्रम खत्रीले आगामी वर्षमा तुलनात्मक हिसाबले एमडिआरटी हरुको संख्यामा वृद्धि गर्न हौसला दिँदै आजैबाट आफ्नो गन्तव्यतिर लाग्न प्रेरित गरेका थिए ।

सम्बन्धित समाचार