free website hit counter

सूर्यज्योति लाइफको तीन लाख कित्ता शेयर बिक्रीमा

beemaadmin
२०८१ बैशाख २०, बिहीबार

काठमाण्डौ । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । कम्पनीले संस्थापक शेयरधनी एनआईसी एशियाको तीन लाख कित्ता शेयर बिक्रीमा राखेको हो । न्यूनतम मूल्य २१० रुपियाँ निर्धारण गरिएको यस शेयरमा हाल विद्यमान शेयरधनीले मात्रै खरिद आवेदन दिन पाउनेछन् । इच्छुक संस्थापक सेयरधनीले आवश्यक कागजातसहित ३५ दिनभित्र कम्पनीको शेयर रजिष्ट्रार एनआईसी एशिया क्यापिटलमा आफूले लिन चाहेको कित्ता र दर खुलाई गोप्य शिलबन्दी बोलपत्र पेस गर्नुपर्नेछ ।

सम्बन्धित समाचार