free website hit counter

सूर्यज्योति लाइफको बीमा शुल्क आर्जन ५ अर्ब नजिक

beemaadmin
२०८१ माघ २२, मंगलवार

काठमाडौं । जीवन बीमा बजारमा आफूलाई स्थापित गरेको सूर्यज्योति लाइफ इन्स्योरेन्स चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म १९ करोड ६१ लाख रुपैयाँ नाफा आर्जन गर्न सफल भएको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्म कम्पनीले १८ करोड ९७ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो। अघिल्लो आर्थिक वर्षको तुलनामा समीक्षा अवधिमा कम्पनीको नाफा ३.३७ प्रतिशतले बढेको छ। चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म कम्पनीको महाविपत्ति कोषमा ३८ करोड ६९ लाख रुपैयाँ, रिटेन्ड अर्निङमा ३२ करोड ८२ लाख रुपैयाँ र अन्य इक्विटीमा ४५ करोड ९८ लाख रुपैयाँ रहेको छ। अघिल्लो वर्ष असार मसान्तसम्म महाविपत्ति कोषमा ३७ करोड ७१ लाख रुपैयाँ, रिटेन्ड अर्निङमा १ अर्ब १५ करोड ५ लाख रुपैयाँ र अन्य इक्विटीमा ४६ करोड ८८ लाख रुपैयाँ रहेको थियो। अघिल्लो वर्षको असार मसान्तसम्मको तुलनामा महाविपत्ति कोषको आकार बढेको छ भने रिटेन्ड अर्निङ र अन्य इक्विटी घटेको छ। समीक्षा अवधिसम्म कम्पनीको जीवन बीमा कोषमा ३७ अर्ब ७३ करोड ४० लाख रुपैयाँ रहेको छ। अघिल्लो वर्ष यही अवधिसम्म जीवन बीमा कोषमा ३० अर्ब ४२ करोड ३५ लाख रुपैयाँ थियो। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा कम्पनीको जीवन बीमा कोषको आकार २४.०३ प्रतिशतले बढेको छ। दोस्रो त्रैमाससम्म कम्पनीले ५ अर्ब ६ करोड ४७ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्म कम्पनीले ४ अर्ब २८ करोड ३५ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको थियो। अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको कुल बीमाशुल्क आर्जन १८.२४ प्रतिशतले वृद्धि भएको हो। कम्पनीले समीक्षा अवधिसम्म ४ अर्ब ९८ करोड १५ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्म कम्पनीले ४ अर्ब १५ करोड ७१ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो। अघिल्लो वर्षको तुलनामा कम्पनीको खुद बीमाशुल्क आर्जन १९.८३ प्रतिशतले बढेको छ। चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म कम्पनीको खुद दाबी भुक्तानी ५ अर्ब ६३ करोड ८८ लाख रुपैयाँ रहेको छ। अघिल्लो वर्ष यही अवधिसम्म कम्पनीले ४ अर्ब ६१ करोड २३ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको थियो।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार