free website hit counter

सूर्यज्योति लाइफ इन्स्यारेन्सको ‘एजेन्सी अवार्ड नाइट–२०८०’ सम्पन्न

beemaadmin
२०८० भाद्र ४, सोमबार

काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्सको ‘एजेन्सी अवार्ड नाइट–२०८०’ राजधानीको दरबारमार्गस्थित होटल याक एण्ड यतिमा शनिबार भव्य समारोहबीच सम्पन्न भएको छ । उक्त अवार्ड समारोहमा देशभरबाट छानिएका २ सय एजेन्सी म्यानेजर तथा अभिकर्ताहरुको सहभागिता रहेको कम्पनीले बताएको छ ।
उक्त अवसरमा देशभरबाट आर्थिक वर्ष २०७९–८० मा उत्कृष्ट व्यवसाय गरेका विभिन्न विधाका एजेन्सी म्यानेजर र अभिकर्ताहरुमध्येबाट सर्वोत्कृष्टहरुलाई अवार्डबाट सम्मानित गरिएको थियो । देशभरिबाट ‘व्यक्तिगत कोड’ र ‘टिम व्यावसाय’ अन्तर्गत सर्वाधिक व्यवसाय प्रदान गर्ने अभिकर्तालाई कम्पनीकै सर्वाधिक गरिमामय ‘सूर्यज्योति रत्न अवार्ड’बाट सम्मानित गरिएको कम्पनीले आइतबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ । सूर्यज्योति रत्न अवार्डबाट व्यक्तिगत कोडमा कमलप्रसाद घिमिरे (बुटवल ट्राफिक चोक) र सामूहिक व्यावसाय अन्तर्गत उपिन्द्रा राई (नयाँबानेश्वरं लाई अवार्ड, ट्रफि र नगदसहित सम्मानित गरिएको थियो । त्यस्तै, प्रोडक्ट एम्बासडर अन्तर्गत ‘सुरक्षित भविष्य’ र ‘८४ पूजा’ जीवन बिमा योजनामा क्रमशः गौरव कुमार शाही र कमल प्रसाद घिमिरेलाई ट्रफी, सम्मानपत्र र नगदसहित सम्मानित गरिएको कम्पनीले बताएको छ । उक्त अवसरमा कम्पनीले एमडीआरटी क्वालिफायर्स, सिइओ क्लब र चेयरम्यान क्लबअन्तर्गतका ६२ जनालाई सम्मान गरेको थियो । कम्पनीले देशभरिबाट सर्वाधिक व्यवसाय, अभिकर्ता नियुक्ति र बिमालेखको आधारमा उत्कृष्ट १० जना एजेन्सी म्यानेजर र १० जना अभिकर्तालाई ट्रफिसहित सम्मान गरेको थियो । कार्यक्रममा देशभरीबाट सर्वाधिक व्यवसाय गर्ने, अभिकर्ता नियुक्ति गर्ने र बिमालेख जारी गर्ने शाखामध्ये बुटवल ट्राफिक चोक, बुटवल चौराहा र नयाँ बानेश्वर शाखालाई शिल्डसहित सम्मानित गरिएको थियो । उक्त अवसरमा कम्पनीका ब्रान्ड एम्बेसडर राजेश हमालका साथै कम्पनीका सञ्चालक विवेक झा, नन्द किशोर शर्मा, हेमन्त नहाटा, प्रमुख कार्यकारी अधिकृत प्रकाश विक्रम खत्री, बरिष्ठ प्रमुख नायब कार्यकारी अधिकृत पवन कुमार खड्कालगायतले पुरस्कृत व्यक्तित्वहरुलाई सम्मान गर्दै अवार्ड प्रदान गरेका थिए । कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत प्रकाश विक्रम खत्रीले हरेक समस्या र चुनौतीलाई चिर्दै अघि बढेको खण्डमा र हामीमा क्षमता, इच्छाशक्ति र दृढ विश्वासका साथ अघि बढेको खण्डमा सफलता अवश्य हासिल हुने बताए । कार्यक्रममा कम्पनीका सञ्चालक विवेक झाले उपस्थित अभिकर्ताहरुलाई सम्बोधन गर्दैे कम्पनीलाई मुलुककै नमूना र विश्वसनीय जीवन बिमा कम्पनीको रुपमा स्थापित गरी बिमा कम्पनीहरुका बीच आफूलाई अब्बल र उत्कृष्ट हुनेमा ढुक्क रहेको उनले बताए । त्यस्तै अर्का सञ्चालक नन्दकिशोर शर्माले अभिकर्ताहरु नै कम्पनीका मेरुदण्ड भएको जनाउँदै कम्पनीको उपलब्धीको सम्पूर्ण श्रेय अभिकर्तालाई नै जाने बताए ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार