free website hit counter

सूर्यज्योति लाइफ इन्स्योरेन्सको नाफा बढ्यो

beemaadmin
२०८२ कार्तिक २५, मंगलवार

काठमाडौं । अग्रणी जीवन बीमक सूर्यज्योति लाइफ इन्स्योरेन्स लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा १२ करोड ८० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ११ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा इन्स्योरेन्सले ११ करोड ५३ लाख रुपैयाँ खुद नाफा कमाएको थियो। समीक्षा अवधिमा इन्स्योरेन्सको खुद आर्जित बीमाशुल्क १८.७४ प्रतिशत र कुल आम्दानी १२.२८ प्रतिशत बढेको छ। त्यस्तै, इन्स्योरेन्सको कुल दाबी भुक्तानी १४.८२ प्रतिशत बढेको छ भने कुल खर्च १२.१७ प्रतिशत बढेको छ। नाफासँगै इन्स्योरेन्सको प्रतिशेयर आम्दानी पनि सामान्य बढेको छ। समीक्षा अवधिमा इन्स्योरेन्सको यस्तो आम्दानी १ रुपैयाँ १ पैसा बढेर १० रुपैयाँ २२ पैसा पुगेको छ। असोज मसान्तसम्ममा इन्स्योरेन्सको प्रतिशेयर नेटवर्थ १३४ रुपैयाँ ४२ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ३९.८६ गुणा रहेको छ। ५ अर्ब १ करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस इन्स्योरेन्सको महाविपत्ती कोषमा ४२ करोड ५७ लाख रुपैयाँ, रिटन्ड अर्निङ्गमा १ अर्ब ४ करोड रुपैयाँ र अन्य इक्विटीमा २५ करोड ७३ लाख रुपैयाँ सञ्चित छ।

सम्बन्धित समाचार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

मुलुकको भविष्य कोर्दैछन् मतदाता

beemaadmin
२०८२ फाल्गुन २१, बिहीबार