free website hit counter

सूर्या लाइफद्वारा उत्प्रेरणा मुलक कार्यक्रम सम्पन्न

beemaadmin
२०७९ असार ४, शनिबार

काठमाडौं । जीवन बीमाको क्षेत्रमा अलग्गै पहिचान कायम गर्दै अघि बढेको सूर्या लाइफ इन्स्योरेन्सले लुम्बिनी प्रदेशमा ‘एजेन्सी रिफ्रेस्मेन्ट तथा उत्प्रेरणा मुलक कार्यक्रम’ सम्पन्न गरेको छ । करिब २०० भन्दा बढी आभिकर्ताहरु माझ कार्यक्रम सम्पन्न गरिएको कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
प्रमुख कार्यकारी अधिकृत पवन कुमार खड्काको प्रमुख आतिथ्य रहेको उक्त कार्यक्रममा बुटवल, बर्दघाट, सुनवल, परासी, मुर्गिया, मणिग्राम, भैरहवा र मर्चबारबाट अभिकर्ताहरुको उत्साहजनक सहभागिता रहेको थियो । प्रदेश प्रमुख, किरण गौतमको अध्यक्षतामा आयोजित उक्त कार्यक्रममा वरिष्ठ अभिकर्ता कमल घिमिरे, माधव शर्मा र विष्णु पंगेनीलगायतले आफ्ना सफलताका शुत्रहरु अभिकर्ताहरु माझ साटेका थिए ।
सूर्या लाइफको “मेरो पहिलो पोलिसी” अभियान अन्तर्गत आफ्नो पहिलो पोलिस हासिल गर्न सफल नयाँ अभिकर्ताहरुलाई प्रमुख कार्यकारी अधिकृतले सम्मान गरेका थिए । साथै उपस्थित अभिकर्ताहरुलाई उत्प्रेरणामुलक सन्देश तथा उपलब्धिमूलक प्रशिक्षण दिएका थिए । बीमितहरुको सेवालाई प्राथमिकतामा राखी अघि बढेमा कम्पनीको व्यवसाय अवश्य बृद्धि हुने उनले बताए ।

सम्बन्धित समाचार