free website hit counter

सूर्या लाइफ इन्स्योरेन्सको संस्थापक शेयर लिलाम बिक्री गर्दै एनआईसी एशिया बैंक

beemaadmin
२०७७ आश्विन २, शुक्रबार

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले आफ्नो स्वामित्वमा रहेको सूर्या लाइफ इन्स्योरेन्सको संस्थापक शेयर लिलाम बढाबढ गरी बिक्री गर्ने भएको छ। बैंकले आफ्नो स्वामित्वमा रहेको इन्स्योरेन्सको ३९ हजार १०० कित्ता संस्थापक शेयर लिलाम बिक्री गर्न लागेको हो। सो शेयर खरिद गर्न इच्छुक लगानीकर्ताले आज अर्थात असोज २ गतेदेखि ९ गतेसम्ममा शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ। बोलपत्र आवेदन फाराम एनआईसी एशिया क्यापिटल, बबरमहल, र एनआईसी एशिया बैंकको कर्पोरेट कार्यालय, थापाथलीका साथै विराटनगर, वीरगंज, पोखरा, बुटवल, धनगढी, सुर्खेत र कमलादी शाखा कार्यालयबाट १०० रुपैयाँ नगद भुक्तानी गरी प्राप्त गर्न सकिनेछ। बोलपत्र आवेदन फाराममा लगानीकर्ताले आफुले लिन चाहेको शेयर संख्या, प्रति कित्ताको दर रेट अंक र अक्षरमा स्पष्टसँग लेख्नुपर्छ। शेयर खरिदका लागि बोलकबोल गर्दा न्यूनतम १०० कित्ता देखि सोभन्दा बढी १० ले भाग जाने गरी अधिकतम सम्पूर्ण कित्ताका लागि आवेदन दिन सकिनेछ।

सम्बन्धित समाचार

मौन अवधिमा समातिए दुई उम्मेदवार

beemaadmin
२०८२ फाल्गुन २०, बुधबार

प्रभु इन्स्योरेन्सको लाभांश घोषणा

beemaadmin
२०८२ फाल्गुन १९, मंगलवार

सुनको मूल्य बढ्यो

beemaadmin
२०८२ फाल्गुन १९, मंगलवार

सक्रिय जीवन बीमालेख १४.५७ प्रतिशतले बढ्यो

beemaadmin
२०८२ फाल्गुन १९, मंगलवार