free website hit counter

सूर्य चिन्ह लिएर कमल थापा मैदानमा

beemaadmin
२०७८ चैत्र ३०, बुधबार

काठमाडौं । पार्टी अध्यक्षमा पराजित भएपछि दरबारपट्टि फर्किएर हारको लाज पचाएका कमल थापा अन्ततः एमालेको शरणमा पुगेका छन् । नेकपा एमाले र राप्रपा नेपालबीच चुनावी तालमेल गर्ने सहमति भएको छ। दुई पार्टीबीच आगामी स्थानीय तहको निर्वाचनमा चुनावी सहकार्य गर्ने सहमति भएको हो। एमालेका स्थानीय विकास विभाग प्रमुख देवेन्द्र दाहाल र राप्रपा नेपालका स्थानीय निकाय परिचालन विभागका प्रमुख सुशीलकुमार श्रेष्ठले ५ बुँदे सहमतिमा हस्ताक्षर गरेका छन्। सहमति अनुसार देशभर सम्भव गएको ठाउँमा एमाले र राप्रपा नेपालबीच तालमेल हुने र राप्रपा नेपालका उम्मेदवारले सूर्य चिह्न लिएर चुनावमा प्रतिस्पर्धा गर्ने सहमति भएको छ।

सम्बन्धित समाचार