free website hit counter

सेञ्चुरीको लाभांश प्रस्ताव पारित

beemaadmin
२०७९ पुष १४, बिहीबार

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकको बाह्रौ वार्षिक साधारण सभाले शेयरधनीहरुलाई कुल पाँच प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित भएको छ । पुष १४ अथवा बिहीबारका दिन सम्पन्न भएको उक्त साधारण सभाको अध्यक्ष राजेश कुमार श्रेष्ठको अध्यक्षतामा आर्मी अफिसर्स क्लब, भद्रकाली काठमाण्डौंमा सम्पन्न भएको हो । सेञ्चुरी कमर्सियल बैंकको आव २०७८–७९ को मुनाफाबाट चुक्ता पुँजी रकम ८ अर्ब ४१ करोड ५४ लाख ७१ हजार ५७६ रूपैयाँ ३० पैसामा ४.७५ प्रतिशत बोनश शेयर र ०.२५ प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने प्रस्ताव पारित गरेको छ । यसकासाथै साधारण सभाले सेञ्चुरी कमर्सियल बैंकलाई प्रभु बैंकले प्राप्ति गर्ने सम्झौंता समेत पारित गरेको छ । यस साधारण सभाले लेखापरीक्षकको प्रतिवेदन सहित आर्थिक वर्ष २०७८र७९ को आर्थिक विवरण, वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरण बाँडफाट लगायतका प्रतिवेदन पारित गरेको छ । चालु आवको असोज मसान्तसम्म यस बैंकले कुल निक्षेप ८२.४२ अर्व रूपैयाँ र कर्जा रकम ६६.९३ अर्व रूपैयाँ परिचालन गरी २२.०२ करोड रूपैयाँ मुनाफा आर्जन गरेको छ ।

सम्बन्धित समाचार