काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकले ‘प्रीमियम पेरोल म्यानेजमेन्ट खाता’ सञ्चालनमा ल्याएको छ । कर्मचारीहरुलाई लक्षित यो खाता एक हजार रुपैयाँमा खोल्न सकिन्छ भने बार्षिक ब्याज साढे ६ प्रतिशत दिने बताएको छ । बैंकले त्रैमासिक रुपमा ब्याज भुक्तानी गर्ने पनि जनाएको छ । खाता खोल्नेले सात लाख रुपैयाँ बराबरको आकस्मिक दुर्घटना बीमा र एक लाख रुपैयाँसम्मको अस्पतालमा बसेको खर्च बापतको बीमा सुविधा पाउने भएका छन् । बैंकले लकर सुविधा, क्रेडिट र्काडको वार्षिक शुल्क, ब्यालेन्स सर्टिफिकेट र गुड फर पेमेन्टमा ५० प्रतिशत छुट पनि उपलब्ध गराउने जनाएको छ । बैंकले निःशुल्क एसएमएस्, मोबाइल र ई बैंकिङ्ग, अन्तर शाखा कारोबार सेवा, डेबिट कार्ड तथा निस्शुल्क क्रेडिट र्काडको आबद्ध शुल्कको सुविधा दिने जनाएको छ। बैंकले सरल कर्जा प्रवाहा गरिदिने पनि जनाएको छ ।