free website hit counter

सेटै परिवर्तन गर्ने प्रधानमन्त्रीको यस्तो छ तयारी

beemaadmin
२०७७ भाद्र १२, शुक्रबार

काठमाडौं । आफूमाथि आइलागेको तत्कालको गर्जो टारेका प्रधानमन्त्री केपी शर्मा ओली सरकारको असफलताको ढोकछोप गर्न र पार्टीभित्रको असन्तुष्टि साम्य बनाउन सरकारको पूरै सेट परिवर्तन गर्ने तयारीमा छन् ।
प्रधानमन्त्री केपी शर्मा ओली मन्त्रिमण्डलमा पुरै सेट परिवर्तनको तयारीमा लाग्न आफ्ना विश्वासपात्रहरुलाई निर्देशन दिइसकेको बताइएको छ । उनले विश्वासपात्रहरुसँगको छलफलमा मन्त्रिमण्डलमा सबै नयाँ अनुहार ल्याउने बताएका छन् । ओलीले अब आफू पुरै नयाँ ढंगले अगाडि बढ्ने भन्दै मन्त्रिमण्डलमा हेरफेर नभई सेट नै परिवर्तन गर्नेबारे परामर्श गरेका थिए । सरकारको आलोचना र असफलतासँग सस्लाहकार टिम र सचिवालय पनि जोडिएका बेला उनले सल्लाहकार टोली
समेत परिवर्तनको संकेत गरेका छन् । सरकारमा रहेका मन्त्रीहरु विवादमा परेपछि ओलीले पुरै सेट परिवर्तनको तयारी थालेका हुन् । उनले यसपटक नेपाल कम्युनिस्ट पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनाल र उपाध्यक्ष बामदेव गौतमलाई समेत चित्त बुझ्ने गरी मन्त्रिमण्डलमा नयाँ मन्त्रीहरु ल्याउन छलफल बढाइसकेका छन् । यसपटक उपप्रधानमन्त्री समेत रहेका रक्षामन्त्री इश्वर पोखरेल विवादमा परेकाले मन्त्रिमण्डल पुर्नगठनमा नपर्ने बताइएको छ । यसैगरी परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली समेत नदोहोरिने भएका छन् । गृहमन्त्री रामबहादुर थापा बादललाई पनि निरन्तरता नदिने ओलीको तयारी रहेको बताइएको छ । सांसदमा मनोनित नभएपछि अर्थमन्त्री डा. युवराज खतिवडा पनि दोहोरिने छैनन् । एक दुईजना मन्त्रीहरु कार्यक्षमताका आधारमा दोहोरिने सम्भावना रहेपनि पुरै सेट परिवर्तन हुनसक्ने भएकाले नपर्न सक्छन् । अध्यक्ष प्रचण्डले पनि पुरै सेट परिवर्तनमा जोड दिएको बुझिएको छ । वरिष्ठ नेताद्वय माधव नेपाल र झलनाथ खनालको चाहना पनि त्यही देखिन्छ । यसपटक पार्टी उपाध्यक्ष बामदेव उपप्रधानमन्त्रीसहित महत्वपूर्ण मन्त्रालयमा लैजाने तयारी छ भने पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठ पनि उपप्रधानमन्त्रीसहित र शक्तिशाली मन्त्रालय दिने तयारी भइरहेको छ ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार